Section 8
विवरण पेश गर्नु पर्ने
: (१) उत्पादकले सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्नु अघि त्यस्तो पदार्थमा भएको निकोटिनको मात्रा, हानिकारक तत्व लगायत अन्य आवश्यक कुराहरुको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) सूर्तिजन्य पदार्थको उत्पादन तथा निकासी पैठारी गर्ने व्यक्तिले प्रत्येक वर्ष आफुले गरेको उत्पादन तथा निकासी पैठारीको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।